रत्ननगरमा युवाहरुले निकाले लागु औषध विरुद्ध –याली(भिडियो सहित)

चितवन २० भदौ । पूर्वी चितवनको रत्ननगरमा शुक्रवार लागु औषध दुव्येसनी नियन्त्रण सम्बन्धी सचेतना मुलुक कार्यक्रम गरिएको छ । सिरदेवी युवा क्लवले लागु औषधको विरुद्धमा जनचेतना फैलाउन रत्ननगरमा –याली तथा सभा गरेको हो । सचेतना मुलक –याली नेपाल माविबाट सुरु भएको थियो । लौरीघोलमा रहेको सामुदायिक विद्यालयमा आयोजित सभामा राजनीतिक दल तथा जनप्रतिनिधिहरुले लागु औषधको कारोवार र प्रयोगका विरुद्ध युवाहरुले सुरु गरेको काम उदाहरणीय रहेको बताए । युवा तथा विद्यार्थीहरुलाई सहभागी गराएर –याली तथा सभा गर्नु चानचुने कुरा नभएको उनीहरुले बताए । जिल्ला प्र्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलका अनुसार नेपालमा रहेका कुल युवाहरु मध्य ५० प्रतिशत भन्दा बढी युवा युवती लागु औषधमा फस्ने गरेका छन् ।

उहाँले लागु औषधका कारोबारीले अहिले आफ्नो व्यापार यूवा विद्यार्थी मार्फत संचालन गर्दै आईरहेको जिकिर गर्दै आफ्ना सन्तानको क्रियाकलाप प्रति चनाखो हुन तमाम अभिभावकहरुलाइ आग्रह समेत गर्नु भएको छ । लागु औषध पयोग तथा यसको विक्रि वितरण अपराधिक कार्य हो भन्ने जनचेतना फैलाउँदै यसलाई नियन्त्रण गर्नुमा युवाको भुमिका महत्वपूर्ण रहने भन्दै युवा शक्तिको सहकार्यबाट यस्ता कार्यको न्यूनिकरण गर्नु पर्ने क्लबका सल्लाहाकार सरोज भण्डारीले बताए । लागु औषध बिरुद्धको सचेतना मुलक कार्यक्रम रत्ननगर १४ मा रहेको सिरदेबि युवा क्लबले सुरु गरेको हो ।

युवा लागु औषधको दुरुपयोग अफिमजन्य औषधी अन्यबस्तुमा लागु औषधको प्रयोग गरि सेवन गर्ने गरेको र यसले समाजमा विकृति फैलाएको प्रदेश सभा सांसद कृष्ण खनालको भनाई छ । उनले वेलैमा सजग हुनुमा अभिभावकहरुले भुमिका नखेले स्थिति बिकराल हुने छ । जनचेना कार्यक्रममा लागुऔषधको ओसार–पसार तथा विक्री वितरणमा लागेका संगठित अन्तराष्ट्रि आपराधिक गिरोहले नेपालमा हवाई तथा स्थलमार्गवाट लागु पदार्थ भित्राउने गरेको जिकिर गर्दै लागु औषधको बढ्दो प्रयोगबाट युवाशक्तिलाई जोगाइ राष्ट्र निर्माणमा सरिक गराउन प्रहरी नागरिक वीच सहकार्य हुनु पर्ने सहभागिको भनाई थियो । क्लवका अध्यक्ष जीतबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सांसद कृष्ण प्रसाद खनाल,पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी,पूर्व सांसद एकनाथ रानाभाट,उपमेयर विमला दुवाडी,वडाध्यक्ष हरिकुमार श्रेष्ठ,नेकपाका केन्द्रिय सदस्य इश्वरी प्रसाद भट्टराई,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,डिएसपी भावेश रिमाल लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →