एक्सपर्ट अर्पण तिज उत्सवमा युथ गल्र्स क्लब प्रथम


रत्ननगर १६ भदौ । चितवन रत्ननगर १ वकुलहरमा रहेको यस सामुदायिक रेडियो रेडियो अर्पण १०४।५ मेगाहर्जले यस वर्ष पनि एक्सपर्ट अर्पण तिज उत्सव २०७६ सम्पन्न गरेको छ ।रेडियोले विगत ९ वर्ष देखि तिज उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष पनि रेडियोले प्रतियोगात्मक तिज गित प्रत्योगिताको साथै कला , साहित्य र पत्रकारीता क्षेत्रमा सक्रिय नारीलाई “नारी सम्मान–२०७६” ले सम्मान गरिएको छ ।तिजको दिन सोमवार सामुदायिक रेडियो रेडियो अर्पणको परिसरमा आयोजित एक्सपर्ट तिज उत्सवमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त गायक गायिका मिलन लामा , कालिका रोक्का , कृष्ण भटराई, डिवि लोप्चन लगायत कलाकारको प्रस्तुति रहको थियो ।

कार्यक्रमको प्रमुख अतिथि माननिय सांसद कञ्चन खनाल, विशिष्ट अतिथि एक्स्पर्ट एजुकेसन चितवनका शाखाका निर्देशक डिल्लीराम अधिकारी, अतिथिहरुमा नगर प्रमुख नारायण वन, उपमेयर विमला दुवाडी, अर्पण बचत तथा ऋण सहकारी संस्था लि। का अध्यक्ष यमन भुषाल, नेकपा रत्ननगर नगर संयोजक राजु अम्गाई, नेपाली काँग्रेस नगर सभापति रुपनराज घिमिरे, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी रहनुभएको थियो ।

आजको कार्यक्रममा खैरहनी स्थित युथ गल्र्स क्लब प्रथम भएको छ, गौरीगञ्ज स्थित शान्तिमार्ग टोेल दोस्रो भएको छ, देवघाट स्थित रामजानकी कालिका आश्रम तृतीय भएको छ, साथै कालिका–४, चितवन स्थित चित्रवन स्कुलले सान्त्वना स्थान हासिल गरेको छ । उत्कृष्ट नृत्यतर्फ खैरहनीस्थित दिव्यज्योती आधारभूत विद्यालयले पुरस्कार हात पारेको छ ।कार्यक्रम रेडियो अर्पण १०४।५ मेगाहर्जका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →