एक्सपर्ट अर्पण तिज उत्सवमा कला , साहित्य र पत्रकारीता क्षेत्रमा सक्रिय नारीलाई सम्मान

रत्ननगर १६ भदौ ।चितवन रत्ननगर १ वकुलहरमा रहेको यस सामुदायिक रेडियो रेडियो अर्पण १०४।५ मेगाहर्जले यस वर्ष पनि एक्सपर्ट अर्पण तिज उत्सव २०७६ सम्पन्न गरेको छ ।
रेडियोले विगत ९ वर्ष देखि तिज उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष पनि रेडियोले प्रतियोगात्मक तिज गित प्रत्योगिताको साथै कला , साहित्य र पत्रकारीता क्षेत्रमा सक्रिय नारीलाई “नारी सम्मान–२०७६” ले सम्मान गरिएको छ । सम्मानमा कला क्षेत्रबाट गायिका कालिका रोका, समाजिक व्यक्तित्वबाट विमला श्रेष्ठ, र पत्रकारीता क्षेत्रमा नागरिक दैनिक चितवनकी संवाददाता सविता श्रेष्ठलाई सम्मान गरेको रेडियोका अध्यक्ष मेघनाथ पौडेलले वताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →