लागुअाैषध प्रयाेगकाे अवस्था वढि पाईयाे : डिएसपी रिमाल

रत्ननगर १५ भदौ । पुर्वी चितवन रत्ननगरमा रहेको ईलाका प्रहरी कार्यालय टाँडीमा प्रहरी नायव उपरिक्षक भावेश रिमाल आएका छन् । गत भदौ ११ गते सप्तरीबाट सरुवा भई रिमाल ईप्रका रत्ननगर आईपुग्नु भएको छ ।
हालै सरुवा भई ईप्रका रत्ननगरको कमाण्ड समाल्न आईपुग्नु भएका
रिमाललाई आज सामुदायिक रेडियो रेडियो अर्पणको कार्यालयमा एक कार्यक्रमको विच स्वागत गरेको छ ।
उक्त स्वागत कार्यक्रममा वोल्दै रिमालले पुर्वी चितवनमा पछिल्ला दिनमा लागु औषधमा लाग्ने युवाहरु धेरै भएको वताउनु भएको छ ।
रिमालले लागुऔषध किनवेच भन्दा पनि सेवन कर्ता वढी रहेको वताउनु भएको छ । सवै क्षेत्रको सहयोगमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नसके यो समस्या समाधान गर्न सहयोग हुने वताउनु भएको छ । चाडवाड नजिकिदै गएको र प्रहरीले चाडवाड सुरक्षा योजना समेत केहि दिनमा लागु गर्ने र उक्त अभियानमा सहयोग गर्न सवै पक्ष संग रिमालले आग्रह गर्नु भएको छ ।
कार्यक्रम सामुदायिक रेडियो ,रेडियो अर्पणका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →