शेयर सदस्यलाई सहकारी शिक्षा तालिम

भदौ १४ गते । पुर्वी चितवन रत्ननगर १ वकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा सम्वन्धी प्रशिक्षण दिएको छ । महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुरज चालिसेले सहकारी शिक्षाका बारे प्रशिक्षण दिएका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश साँसद कंचन खनालले संस्थाको विकासका लागि शेयर सदस्यहरु सजग वन्नु पर्नेमा जोड दिईन् । साँसद खनालले सहकारी संचालन सम्वन्धी ज्ञान अनिवार्य हुनु पर्ने उल्लेख गर्दै सहकारी मार्फत समृद्धी समेत हुने धारणा राखिन् । अर्पण बचतका अध्यक्ष यमन भुसालको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर १ का वडा सदस्य शालिकराम पराजुली, लेखा समिति संयोजक रामचन्द्र देवकोटा, संस्थाका उपाध्यक्ष मेघनाथ पौडेल,सचिव सुरज पौडेल लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →