समाजमा महिला माथी हुने विभेद कायमै छ : सभापति रावल

रत्ननगर १४ भदौं । राष्ट्रिय सभा सदस्य तथा राष्ट्रिय सरोकार समन्वयन समितिकी सभापति पार्वती रावलले समाजमा महिलामाथी हुने विभेद कायमै रहेको बताएकी छन । हरितालिका तीजको अबसरमा रत्ननगर नगरपालिकाले शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले धर्म र संस्कृतिको नाममा हुदै आएको महिला माथीको विभेद अन्त्य भइनसकेको बताएकी हुन । समाजमा महिला माथी हुने विभेद कम भएको छ उनले भनिने तर अन्त्य भइसकेको छैन । संविधानले विभेदलाई दण्डित गर्ने व्यवस्था भएपनि व्यवहारिक रुपमा त्यसको कार्यान्वयन हुन नसकेको उनको भनाई छ । न्यायपूर्ण समाज अहिले सम्म निर्माण हुन सकेको छैन उनले भनिन् तर केही न केही परिर्वतन भएको छ । संविधान महिला र पुरुष बीचको असमानताको अन्त्य गरेको भएपनि पूर्णरुपमा त्यसको कार्यान्वयन हुन नसकेको उनले बताइन । उनले नेपाली महिलाहरुले स्थानीय तह देखि केन्द्र सम्म महिलाले पाएको जिम्मेवारी कुशलता पूर्वक पुरा गर्न सक्षम रहेको बताइन । प्रदेश साँसद कन्चन खनालले समाजमा हुने विकृतिको अन्त्य गर्दै संस्कृति संग जोडिएको चार्डपर्वको महत्व घट्न दिन नहुने बताइन । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपयेयर विमला दुवाडीले पश्चिमा संस्कृतिको प्रभावका कारण तीजको गीत हराउदै गएको भन्दै उनले यसलाई बचाइराख्न आवश्यक रहेको बताइन । कार्यक्रममा महिला अधिकारकर्मी संगिता भट्टराईले परिर्वतनका नाममा भित्रिएको विदेशी संस्कृतिले नेपालका चार्डपार्वको महत्व घट्दै गएको बताइन । नेपाली काँग्रेसकी नेतृ निता ढकालले महिलाहरुको सीप विकास र आयआर्जनको लागि स्थानीय सरकारले प्राथमिकता नदिएको बताइन । कार्यक्रममा मेयर नारायण वनले सरकारले तीजमा हुने तडकभडक नियन्त्रण गर्न मात्र खोजेको भन्दै नाच्नै नपाउने र खान बन्देज नलगाएको बताए । कार्यक्रममा नेकपाका नगर इन्चार्य राजु अम्गाई,नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे,जिल्ला सहकारी संघका सदस्य प्रेमनाथ दुवाडी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम उपमेयर दुवाडीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →