चेपाङ वालवालिकालाई दर खुवाइयो

रत्ननगर । रत्ननगर नगरपालिकाले शनिवार चेपाङ वालवालिकालाई दर खुवाएको छ । गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित २०० वालवालिकालाई सो नगरपालिकाले दर खुवाएको हो । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीको नेतृत्वमा गएको जनप्रतिनिधिहरुको टोलीले वालवालिकालाई खिर आचार खुवाएका हुन । अन्य समुदायका वालवालिकाहरुले घरमा दर खाइरहदा चेपाङ वालवालिकाहरुले मिठोचोखो खान नपाएर निरास हुन नपरोस भनेर नगरपालिकाले दर खुवाएको उपमेयर दुवाडीले बताइन । हुँदा खाने र सम्पन्न परिवारले समानरुपले चार्डपर्व मनाउने वातावरण हुन सकेमात्र पर्वको सार्थकता हुने उनको भनाई छ । उपमेयर सहित नगर प्रबक्ता राजेन्द्र हमाल,कार्यपालिका सदस्यहरु सरस्वती लामा,मनकुमारी विक,मेलमिलाप समिति रत्ननगरकी अध्यक्ष पार्वती न्यौपानेलगायतको टोली केन्द्रमै पुगेर वालवालिकालाई दर खुवाएका हुन ।
फोटो छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →