अर्पण तिज उत्सवमा कला , साहित्य र पत्रकारीता क्षेत्रमा सक्रिय नारीलाई सम्मान गरिने

चितवन १३ भदौ । पुर्वी चितवन रत्ननगर १ वकुलहरमा रहेको सामुदायिक रेडियो रेडियो अर्पण १०४.५ मेगाहर्जले यस वर्ष पनि अर्पण तिज उत्सव २०७६ आयोजन गर्ने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मार्फत रेडियोले जनकारी दिएको छ ।

रेडियोले विगत ९ वर्ष देखि तिज उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष पनि रेडियोले प्रतियोगात्मक तिज गित प्रत्योगिताको साथै कला , साहित्य र पत्रकारीता क्षेत्रमा सक्रिय नारीलाई “नारी सम्मान–२०७६” ले सम्मान गरिने रेडियोका अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिनु भएको छ ।
यही सोमवार तिजको दिन सामुदायिक रेडियो रेडियो अर्पणको परिसरमा आयोजित तिज उत्सवमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त गायक गायिका मिलन लामा , कालिका रोक्का , दुर्गा सापकोटा, कृष्ण भटराई, डिवि लोप्चन लगायत कलाकारको प्रस्तुति रहने अर्पण तिज उत्सव २०७६का कार्यक्रम संयोजक शिवराज दुवाडी (माधव )ले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →