मेयर नारायण वनको पहलमा बछौली माविमा प्राविधिक शिक्षा

रत्ननगर ६ भदौं । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बछौली माविले प्राविधिक शिक्षा सञ्चालनको लागि सरकारबाट स्विकृत पाएको छ । सरकारले सो विद्यालयलाई होटल म्यानेजमेण्टको कक्षा सञ्चालनको लागि अनुमति दिएको हो ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनको पहलमा सरकारले बछौली माविलाई प्राविधिक शिक्षा अन्तर्गतको होटल म्यानेजमेण्टको कक्षा सञ्चालनको लागि अनुमति दिएको हो । सरकारसंग अनुमति पाएसंगै सो विद्यालयमा चालु शैक्षिकसत्रबाटै कक्षा सञ्चालन हुने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सञ्चालित दींगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाले सो विद्यालयमा आर्थिक बर्ष २०७६/७७ मै २४ महिने अबधिको कक्षा सुरु गर्ने छ । होटल म्यानेजमेण्टको २४ महिने कोर्षको लागि ४० जना विद्यार्थी भर्ना लिन तालिम परिषद्ले सुचना जारी गरेको मेयर नारायण वनले बताए ।
बछौली माविमा प्राविधिक शिक्षाको अनुमति ल्याउन हामी सफल भएका छौं उनले भने २४ महिने कोर्ष सकिएपछि स्थानीय सरकारले निरन्तर प्राविधिक शिक्षा सञ्चालन गर्ने छ । पर्यटकीय नगरी सौराहालाई लक्षित गरी बछौली माविमा प्राविधिक शिक्षा भित्र्याइएको मेयर वनले बताए ।
बछौली माविले उत्पादन गरेको जनशक्तिले सौराहामा रोजगारी पाउन सक्ने अबस्थालाई मध्यनजर गरी होटल म्यानेजमेण्ट सञ्चालन गर्न लागेको उनले बताए । यस भन्दा अघि रत्ननगर नगरपालिकाले जनजागृती मावि,बैरिया मावि,नेपाल मावि,पञ्चकन्या माविमा प्राविधिक शिक्षा सुरु गरिसकेको छ । बछौली प्राविधिक शिक्षा सञ्चालन गर्ने पाँचौं विद्यालयमा परेको छ ।
प्राविधिक शिक्षा सञ्चालनको लागि बछौली माविले केही महिना अघि महायज्ञ लगाएको थियो । मेयर नारायण वनले नगरको शिक्षालाई परिणाममुखी बनाउन सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरेका हुन । रत्ननगरलाई शैक्षिक हबका रुपमा विकास गर्न नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना रहेको मेयर वनले बताए ।
शिक्षा आर्जन गर्न रत्ननगर जानु पर्छ भन्ने भावनाको विकास गर्न चाहेका छौं उनले भने त्यही अनुसार हामीले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु गरेका हौं । रत्ननगर भित्रका २९ वटा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिकाले कार्ययोजना बनाएर काम गरिरहेको नगर प्रबक्ता राजेन्द्र हमालले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →