प्रहरीभित्रै असुरक्षित छुः रवि लामिछाने

चितवन : शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफू प्रहरीभित्रै असुरक्षित रहेको बताएका छन्। बुधबार साँझ श्रीमती निकिता पौडेलको फेसबुकमार्फत् लामिछानेले लेखेको स्टाटसमा असुरक्षित रहेको बताएका हुन् । उनले जिल्ला प्रहरी कार्यालयको हिरासतमा भेट्न जानेहरुलाई पनि आफू असुरक्षित रहेको बताउने गरेको स्रोतले बतायो ।
शालिकराम पुडासैनीको मोबाइलमा भेटिएको भिडियो सुसाइड नोटमा रवि लामिछाने अर्का पत्रकार युवराज कँडेल र अस्मिता कार्की नाम उल्लेख गरेको भिडियो बाहिरिएपछि प्रहरीले उनीहरू तीनै जनालाई साउन ३० गते पक्राउ गरेको थियो।

चितवन जिल्ला अदालतले उनीहरू तीनै जनाको नाममा पक्राउ पूर्जी जारी गरेपछि पक्राउ सुरुमा ५ दिनको हिरासतमा रहेका थिए। अदालतले पुनः थप ५ दिन प्रहरी हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

रविकी श्रीमती पौडेलले आजै महानगरीय अपराध महाशाखा टेकु पुगेर प्रहरीसँग भएको पुडासैनीको भिडियो सुसाइड नोट अनधिकृत रुपमा बाहिर र्पुयाएको भन्दै विद्युतीय कारोबार ऐनमार्फत् सजाय मागदाबी गर्दै उजुरी गर्न गएकि थिइन्। तर प्रहरीले सो उजुरी दर्ता नगरेपछि रविले श्रीमतीको फेसबुक मार्फत केही प्रश्न समेत उठान गरेका छन्।
यसै विच
प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना बिरुद्ध चितवन प्रहरीले मुद्धा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले प्रदर्शनमा उश्रृङखल गतिविधि गर्ने र भिडलाई उत्तेजित पार्नेलाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको बताए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेको रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका २३ जना मध्य १४ जना बिरुद्ध मुद्धा दर्ता भएको उनले बताए । जसमा ११ पुरुष र १२ जना महिला छन् । प्रहरीले साउन ३२ गते ४ जना, भदौं २ गते १० जना र हिजो मात्रै ९ जनालाई नियन्त्रणमा लिएको हो ।

पहिलो दिन पक्राउ परेका ४ जनाको मुद्धा जिल्ला प्रशासन कार्यालय चितवनमा पेश भएर पाँच÷पाँच सय रुपैंया धरौटीमा छुटेको कोइरालाले बताए । कोइरालाले प्रदर्शनका नाममा उश्रृङखल गतिविधि गरे पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिनु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →