सौराहामा घण्टाघर निर्माण हुने (भिडियो सहित )

चितवन ४ भदौ । रोटरी क्लब अफ रत्ननगरले नेपालकै तेस्रो र प्रदेश ३ को दोस्रो पर्यटकिय क्षेत्र रत्ननगरको सौराहामा रहेको सिसुवार खेल मैदानको पुर्व पट्टि करिब ३० फिट अग्लो घडी सहितको टावर निर्माण गर्ने आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष बिपीन पोख्रेलले जानकारी दिनु भएको छ । उक्त स्थानमा घण्टाघर बनाउने प्रस्ताव गर्दा स्थानीय उत्साहीत रहेको पोख्रेलले वताए ।
स्थानियको सहमति संगै स्थानिय निकायले ठाउको ब्यवस्थापन गरेमा करिब ४ महिनामा निर्माण सम्पन्न गर्ने संयोजक जनकराज पौडेलले जानकारी दिनु भएको छ । एम.ओंई. आएपछि केहि दिनमा घडी सहितको टावरको डिजाईन र लागतको वारेमा जानकारी दिईने पौडेलले वताए 

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →