रोटरीको आयोजनामा रत्ननगरमा शनिवार बृहत रक्तदान कार्यक्रम हुने (भिडियो सहित)

चितवन ४ भदौ । रोटरी क्लब अफ रत्ननगरले बृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।
रत्ननगर स्थित निपनिमा रहेको होटल स्टार बेन्क्युटमा यहि भदौ ७ गते शनिवार बृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । यो समयमा चितवनमा रगतको अभाव भएसंगै रक्तदान कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष बिपिन पोख्रेलले वताउनु भए । त्यस्तै क्लबका निर्वतमान अध्यक्ष जनकराज पौडेलले हरेक वर्ष क्लबले आफ्नो वार्षीक क्यालीण्डरमा रहेको वार्षिक कार्यक्रम अनुसार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिनु भएको छ ।
यो समयमा रगतको अभाव हुने र चितवन रेडक्रसबाट रगतको अभाव भएको थाहा भएपछि कार्यक्रम राखिएको र करिव ३०० वढी रक्तदाता हुने अनुमान गरेका पौडेलले वताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →