भतेरीमा दुई बस ठोक्किँदा २० जना घाइते

चितवन,७ असार । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ भतेरीमा गएराती दुई यात्रुबाहक बस एक आपसमा ठक्कर खाँदा २० जना घाईते भएका छन् ।

काठमाण्डौबाट बर्दियाको गुलरिया तर्फ जाँदै गरेको ना.७ ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाण्डौ तर्फ जाँदेै गरेको ना. ५ ख ३०९९ नम्बरको अर्को बस आपसमा ठक्कर खाएका हुन् ।

घाईते मध्ये ४ जनाको भरतपुर अस्पताल र १६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →