अध्यक्षद्वय ओली– प्रचण्डबिच घण्टा भेटवार्ता,शुक्रवार सचिवालय बैठक बस्ने

काठमाडौं,४ असार । सरकारले ल्याएका विभिन्न विधेयकको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा भएको प्रदर्शनकै समयमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झन्डै साढे दुई घण्टा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच एक्ला९एक्लै भेटवार्ता भएको हो ।
पार्टी एकताका बेला भएको सहमति अनुसार राजनीतिक प्रतिवेदनमा छलफल गर्न पर्सि शुक्रवार सचिवालय बैठक बस्ने तयारी छ । पार्टीको सैद्धान्तिक कार्यदिशा के हुने भन्ने विवाद बढ्न थालेपछि आजको बैठकमा प्रचण्डले विगतको सहमति अनुसार राजनीतिक प्रतिवेदन पारित गर्ने प्रस्ताव गरेका थिए । स्रोतका अनुसार दुई अध्यक्षबीच राजनीतिक प्रतिवेदनका विषयमा सचिवालय बैठकमा छलफल गर्ने र पारित गर्ने सहमति भएको छ ।
भेटवार्तामा प्रधानमन्त्री ओलीलाई अर्का अध्यक्ष प्रचण्डले सरकारले ल्याएका विभिन्न विधेयक सच्याउन आग्रह गरेका छन् । प्रधानमन्त्री युरोपबाट फर्किएपछि दुई अध्यक्षबीच औपचारिक रूपमा पहिलो पटक भेटवार्ता भएको हो । भेटमा गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, लोक सेवा आयोगको विज्ञापन लगायतका विषयमा छलफल भएको स्रोतको दाबी छ ।

ओलीसँग प्रचण्डले आन्दोलनकारीका माग सम्बोधन गरेर अगाडि बढ्नु पर्ने मत राखेका छन् । पछिल्लो समय प्रचण्डले विगतमा भएको सहमति कार्यान्वयनका लागि ओली माथि दबाब बढाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →