कृषि क्षेत्रका उत्पादनको विकास सम्बन्धि गोष्ठी चितवनमा सम्पन्न (भिडियो सहित )

चितवन ३० जेठ । नेपाल लाइभस्टक सेन्टर ईनोभेसन आयोजना, विकेन्द्रीत आयोजना सहयोग इकाई हेटौडा, मकवानपुरको आयोजनामा आज चितवनको रत्ननगरमा स्थानीय स्तरमा आयोजनाको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीमा प्रदेश नं. ३ का चितवन, मकवानपुर, ललितपुर र काभ्रेका जिल्लाका किसानहरुको सहभागी रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. विमल कुमार निर्मल रहनु भएको थियो । सो गोष्ठीमा विभिन्न ५ वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । भने विकेन्द्रीत आयोजना सहयोग इकाई हेटौडाका वरिष्ठ पशु विकास अधिकृत डा. सुरेन्द्र यादवले स्वागत मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →