रत्ननगरमा दिप ज्योति मल्टी सप्लायर्सको सेवा सुरु

चितवन २४ चैत । पुर्वी चितवनको रत्ननगरमा १० वकुलहर पर्सौनीमा आज एक समारोहका विच दिप ज्योति मल्टी सप्लायर्सको समुद्घाटन गरिएको छ ।
समुद्घाटन समारोहका प्रमुख अतिथि रत्ननगर नगरपालीका वडा नम्वर १० का वडा अध्यक्ष केशव आचार्य रहनु भएको थियो । आचार्यले व्यपार व्यवसाय वजार केन्द्रित भैरहदा वजार वाट थोरै भित्र स्थापना गरिएको प्रति खुसि व्यक्त गर्नु भएको छ । उहाँले गुणस्तरीय समान विक्री गर्न सके जुनसुकै स्थानवाट पनि व्यपार व्यवसाय गर्न सकिने वताउनु भयो । वडा भित्रका व्यपार व्यवसायको लागि गर्न पर्ने सहयोग गर्न वडा कार्यालय तयार रहेको प्रतिवद्धता जनाउनु भएको छ ।


त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि उधोग वाणिज्य संघ रत्नननगरका अध्यक्ष राजाराम रेग्मी रहनु भएको थियो । रेग्मीले रत्ननगर मै यस्ता प्रकृतिका व्यवसाय स्थापना हुदा नारायणगढ सम्म जान पर्ने वाध्यता हट्ने वताउनु भएको छ । उहाँले सडकका धेलोले गर्दा व्यवसायमा समस्या परेको समेत वताउनु भएको छ । धुलोको कारण समान विग्रने र सिसा लगाउदा उपभोक्त पसल सम्म नआउने गरेको वताउदै सम्वन्धित निकायले चासो दिन पर्ने वताउनु भएको छ । रेग्मीले नयाँ व्यवसायीलाई गर्नु पर्ने सहयोग गर्न संघ तयार रहेको वताउनु भएको छ ।

कार्यक्रममा दिप ज्योति मल्टी सप्लायर्सका निर्देशक सुरज पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
दिप ज्योति मल्टी सप्लायर्समा विभिन्न ब्रान्डका एसी , फ्रिज, टि।भि, घडी, वासिङ्ग मेशिन र फर्निचरका सामाग्री नयाँ वर्षको अवसरमा विशेष छुटका साथ उपलव्ध रहेको सञ्चालक ज्ञानेन्द्र कुमार दाहालले वताए ।
कार्यक्रम दिप ज्योति मल्टी सप्लायर्सका सञ्चालक दहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →